विप्लव पार्टी अनधिकृत झुण्ड भएको ओलीको टिप्पणी, मन्त्रिपरिषद पुनर्गठन नहुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विप्लव पार्टी अनधिकृत झुण्ड भएको ओलीको टिप्पणी, मन्त्रिपरिषद पुनर्गठन नहुने

kp oli

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।

आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए। उनले उक्त पार्टी विधिवत नभएको र एउटा झुण्ड जस्तो भएको भन्दै त्यसलाई सरकारले नचिन्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले चन्द समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको उल्लेख गरे । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुलाई चन्द समूहका बारेमा धारणा राख्दा सचेत हुन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने समेत उल्लेख गरे । पत्रकारहरुको एक प्रश्नमा उनले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट परे । एउटा मन्त्रालय खाली भएकाले त्यसलाई पूर्णता दिने तर पुनर्गठन भने नहुने उललेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);