प्रचण्डले अमेरिकाबाट फर्केपछि सत्ता सम्हाल्छन् : अरुण सुबेदी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

प्रचण्डले अमेरिकाबाट फर्केपछि सत्ता सम्हाल्छन् : अरुण सुबेदी (भिडियोसहित)

kharo

काठमाडौं, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला अमेरिकामा छन् । अमेरिकामा रहँदा खेरि आफ्नी श्रीमतीको उपचारमा मात्र केन्द्रित नभएको होकि भनेर अर्को कोणबाट पनि बहस भैरहेको छ । अध्यक्ष प्रचण्डको भ्रमण कुरा लगाएत अरु केहि कुराहरु पनि नेपालमा चर्चा भैरहेका छन् । खास गरी प्रधानमन्त्री केपि शर्मा ओलीको सन्दर्भमा शक्तिको केन्द्रीकरण गर्न खोजेको कुरा पनि अहिले चर्चाको शिखरमा रहेको छ ।

झण्डै झण्डै १७/१८ संस्थाहरुलाई उनले आफु अन्तरगर्त पारिसकेको राष्ट्रीय सुरक्षा परिषद्लाई पनि प्रधानमन्त्रीले परिचालन गर्न सक्ने विद्देयक तयार पारेको भनेर अहिले चर्चा, बहस र विवाद तर्फ केन्द्रीत हुन थालेको छ । सरकारले गर्नु पर्ने कामहरु सन्दर्भमा उसले गर्नु पर्ने ध्यान कहाँ केन्द्रीत हुनु पर्ने थियो उ कता तर्फ लागिरहेको छ त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनितिक विश्लेषक अरुण सुवेदी संग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);