कोरोना केन्द्रित बन्दै कांग्रेस (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरोना केन्द्रित बन्दै कांग्रेस (भिडियोसहित)

कोरोना महामारीका कारण देश विकराल परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पछिल्ला केही दिन यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यकर्ताहरुलाई जनतालाई सहयोग गर्न निर्देशन दिइरहेको छ । महामारीको यस्तो अवस्थामा नेताहरु जनतालाई साथ दिन छोडेर सत्ताका लगि राजनीति गरिरहेको आरोप खेपिरहेका थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने निर्णय गरेसँगै नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने घोषणा गरेको थियो । तर दुइ वा दुइ भन्दा बढी दल मिलेर पनि संसदबाट नयाँ सरकार बन्न नसके पछि कांग्रेस सरकारको खेलबाट पछि हट्यो ।

त्यसपछि कांग्रेसका गतिविधि नियाल्ने हो भने, कांग्रेस अहिले कोरोना विरुद्धको लडाईंमा जनताको समस्या के कस्ता छन् ? भनेर बुझ्ने प्रयास गरिरहेको देखिन्छ । यससँगै राजनीतिक वृतमा चर्चा चलेको छ, के कांग्रेस प्रतिपक्षी दलको भुमिका बलियो बनाउने अभियानमा लागेको हो ? भनेर । कांग्रेसको उद्देश्य जे भएपनि कोरोना कहरमा जनताका लागि पछिल्ला केहि दिनयता गरिरहेको काम भने सकरात्मक छ । हुन पनि यस्तो विकराल अवस्थामा सरकारलाई पर्खिएर मात्रै अवस्था ठिकठाक होला भन्न सकिन्न । जनता रोग र भोकले पिरोलिएको अवस्थामा राजनीतिक दलहरुको पनि त्यत्तिकै महत्वपुर्ण जिम्मेवारी हुन्छ । जुन कुराको बोध ढिलै भए पनि नेपाली कांग्रेसले गरेको छ ।

पछिल्ला केही दिनदेखि मुलुकमा कोरोना संक्रमितको संख्या औसतमा दैनिक नौ हजारको हाराहारीमा पुगेको छ । मृतकको सख्या बढिरहेको छ । अक्सिजन र सिलिन्डर तथा आइसियु र भेन्टिलेटरकोे अभाव भएको दर्दनाक अवस्था हामी नजिकबाट देखिरहेका छौ । यस्तो महाविपत्तीमा सरकारले गर्नुपर्ने जति काम गर्न नसकेको हुन सक्छ । यस्तोमा अन्य दलहरुले पनि जनताको लागि सक्ने जति योगदान दिन ढिलो गर्नु हुँदैन । संकटका बेला जनतालाई साथ दिन सके मात्रै दलहरुप्रति जनताको विश्वास बलियो भएर जानेछ । जनताले विश्वास गर्ने पार्टी को हो भनेर दलहरुले परिक्षा दिनु पर्ने वेला पनि हो ।

हामीहरुले पनि घरभित्र बसेर आफु र आफ्नो सामुदायलाई सुरक्षित गर्न, संकटका वेला आप्mनो टोल वासी र राज्यलाई सहयोग गर्ने दायित्व निर्वाह गर्नु पर्छ । के हामीले यो दायित्व पुरा गरिरहेका छौ त ? तपाईं हामीले पनि सोच्ने बेला भयो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत वैशाख ३१ गते नेपाललाई तक्कालै सहयोगको आवश्यक परेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरिसकेको छ । यसबाट पनि हामीले यो समय कति गम्भिर हो भनेर बुझ्न जरुरी छ । यस्तो अवस्थामा सरकारलाई सत्तोसराप गरेर मात्र केही हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आलोचना गर्नेहरुलाई जवाफ दिँदै हिड्न आवश्यक छैन । प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलसँग महामारीविरुद्ध लड्न परामर्श गरेर अघि बढ्दा उपयुक्त हुन्छ ।

सत्ता र राजनीति त चलिरहन्छ, तर यो बेला राजनीतिक दलहरूले मानवीयतामा आफूहरूलाई केन्द्रित गर्ने समय हो । कोरोना विरुद्धको यो लडाईंमा प्रमुख प्रतिपक्षी दल एक कदम अगाडी बढिसकेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा, माले, नेमकिपा र एमाले एकताद्ध भइ डटेर काम गर्न जरुरी छ । जसपा आफ्नो आन्तरिक विवादलाइ थाती राखेर यो अभियानमा थप सक्रिय हुनु पर्छ । सधैं जनताका मुद्दाका नाममा चर्का भाषण गर्ने माओवादीले अहिलेको अवस्थामा सर्वहारा वर्गका निम्ती ठोस कदम चालेर उदाहरण पेश गर्न सक्नुपर्छ । अरु दलहरु पनि उत्तिकै जिम्मेवारी भएको प्रमाणित गर्नु ती दलहरुको राजनीतिक जीवनको लागि हितकारी हुनसक्छ ।

सत्तारुढ पार्टीभित्रको विवाद पनि प्रधान कुरा होइन । एमालेका नेताहरु पनि कोरोनासँग लडिरहेका जनतालाई पार्टीको स्रोत साधन र पार्टी पंक्ति परिचालन गर्न ढिलो गर्नु हुँदैन । प्रधानमन्त्री ओलीले पनि अरू सबै कामलाई थाती राखेर अहिले कोरोनाविरुद्धको लडाईंमा राज्यका सबै स्रोत र साधन प्रयोग गरि जनताको जीवन रक्षामा केन्द्रित हुनै पर्छ । आफ्ना नागरिक उपचार अभावमा मरिरहेको अवस्थाबाट छिटौ नै देशलाई मुक्त गर्नुपर्छ । अहिले जनताले नियाली रहेका छन् कुन राजनीतिक दलले के गर्दैछ भनेर । भोली जनताले दलका कामहरुको हिसाव पनि राख्नेछन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);