कोरोना नियन्त्रणमा सरकार असफल, जनतालाई आफै सुरक्षीत रहन आग्रह : नेपाली कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना नियन्त्रणमा सरकार असफल, जनतालाई आफै सुरक्षीत रहन आग्रह : नेपाली कांग्रेस

काठमाडाैं,२६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको भन्दै जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ । कांग्रेसको कोरोना सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको हो ।

पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले सुरक्षीत गर्छ भन्ने सोचेर ढुक्क भएर नबस्न सबैमा आग्रह गर्नुभयो । उहाँले सरकारलाई तत्काल कोरोना नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि आग्रह गर्नुभयो । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको भन्दै महतले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

कांग्रेले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ । सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);