निर्णयविहीनतामा कांग्रेसको नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निर्णयविहीनतामा कांग्रेसको नयाँ रेकर्ड

काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ईतिहासमै पहिलो चोटी यति लाचार देखिएको छ, कि प्रमुख प्रतिपक्षका हैसियतमा तत्काल लिनु पर्ने निर्णय समेत लिन सकिरहेको छैन । पार्टी भित्र स्पष्ट दुई धार देखिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आन्तरिक किचलोकै कारण यतिबेला संकटमा परेको छ ।

यस्तोमा वर्तमान सरकार टिकाउने वा सरकारको विकल्पमा नयाँ सरकार निर्माणको वातावरण बनाउने भन्ने विषयमा नेपाली कांग्रेस आफै भने निर्णयविहीनताको स्थितीमा उभिएको छ । पार्टी भित्र नेतृत्व तहमै रहेका कतिपय नेताहरु वर्तमान सरकारको विकल्पमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नु पर्ने भन्दैआएका छन् । तर, स्वयं पार्टी सभापति शेरबहादुर देउवा भने यसबारे निर्णयविहीनतामा देखिएका छन् ।

नेपाली कांग्रेसले पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै सोमबार पार्टी पदाधिकारी बैठक नै बोलाएको थियो । तर, सो बैठक पनि पार्टीको आगामी कदमका बारेमा निर्णयमा पुग्न सकेन । नेपाली कांग्रेस पार्टी बैठकमा पहिलो चोटी निर्णयहिनताको स्थितीमा पुगेको यो नै पहिलो बैठक पनि हैन । कांग्रेसका यस्ता कैयौं बैठकहरु बसिसकेका छन् जो विना कुनै निर्णय अर्को बैठकको मिती ताकेर सकिएका छन् ।

यस्तोमा मुलुकको प्रमुख प्रतिपक्षी कांग्रेसले बैठकका नाममा तित्राको आन्द्र धुने काममा मात्रै आफुलाई केन्द्रित गरेको मान्न सकिन्छ । तित्रो यसैपनि सबै भन्दा सानो पंक्षी त्यसमाथि त्यसको आन्द्रा धूँदा आउने नै के हो र रु यतिबेला काँग्रेसको दिन चर्या बैठकका नाममा यस्तै तित्राको आन्द्रा धोएरै बितेको छ ।

संसदको बनावटमा एक्काशी देखिएको परिवर्तनसँगै मुलुकको सत्ता राजनीति नै धमिलिएको छ । यस्तोमा वर्तमान सरकारकै निरन्तरता वा वैकल्पिक सरकार ? भन्ने प्रश्न उठ्नु पनि अन्यथा हैन । तर संसदभित्र प्रभावशाली देखिएका मुलुककै प्रभावशाली राजनैतिक दलहरुमा भने अन्यमनस्क भाव पैदा भएको छ । आफुहरुले चाल्नु पर्ने भावी कदमकै विषयमा यिनमा आफु आफुहरु बीचमै मतान्तर छ । र यसबाट नेपाली कांग्रेस आफैं पनि अछुतो रहन सकेको अवस्था छैन । तर, पार्टीको निर्णयक तहमा बसेका पार्टी सभापतिले आफ्ना समकक्षी नेताहरुले दिएको सत्ताको विकल्प उचित नठहर्याएको अवस्थामा आफैले एउटा निर्णय दिनु पर्नेमा त्यस्तो क्षमता समेत देउवाबाट प्रदर्शन हुन नसक्नुले यतिबेला पुनः देउवाको नेतृत्व क्षमता शंकाको घेरामा पर्न पुगेको छ । जसले सिंगो पार्टी नै लाचार बन्दै गएको प्रष्ट्याएको छ ।

नेपाली कांग्रेसको विगत हेर्ने हो भने, ऊ आफ्नो निर्णय क्षमतामा सधैं अब्बल नै रहेको हो । भलै उसका ति सबै निर्णय पार्टी लक्ष्य पुरा गर्न सफल नरहेका हुन् । कतिपय बेला भएका ति निर्णयहरु बाध्यात्मक थिए होलान् जसका कारण निर्णय पार्टी अनुकुल नभएका पनि हुनसक्दछन् । र अहिले पुनः कांग्रेस एउटा बाध्यात्मक परिस्थितीमा आईपुगेको छ । तर, यो स्थितीबाट निस्कन लिनु पर्ने निर्णय लिनै पनि नेतृत्व हच्किएको अवस्थामा देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरिदिएको संसदलाई अदालतले ब्युत्याँई दिएपछिको राजनैतिक परिस्थितीसँगै अदालतकै अर्को निर्णयका कारण बहुमतको ओली सरकार एकाएक अल्पमतमा पर्न पुगेको स्थिती अहिले छ । जसले मुलुककै राजनीति यतिबेला धमिलियाईदिएको छ ।

यस्तोमा प्रतिपक्षमा बसेका दलहरुका काँधमा मुलुकको राजनीतिलाई सँग्ल्याउने दायित्व आईपरेको छ । तर यहिंनेर प्रतिपक्षी राजनैतिक दलहरु चुक्न पुगेकाछन् । सहज राजनैतिक वातावरण निर्माण गर्न ताजा जनादेश लिने वा यहि संसदलाई निरन्तरता दिन वर्तमान सरकारको निरन्तरता वा वैकल्पिक सरकार रु भन्ने विषयमा प्रतिपक्षको साझा धारणाको अपेक्षा गरिएको थियो । जुन हुनै सकिरहेको छैन । यहिं प्रतिपक्षहरु चुक्न पुगे ।

जसकारण मुलुकको राजनीतिले सकारात्मक दिशा पाउनु पर्ने आम अपेक्षाले पुर्णता पाउने छनक पनि पाईन छाडियो । र यसमा जनताले सबैभन्दा बढी भरोसा गरेको पार्टी नै नेपाली कांग्रेस थियो । तर, जन अपेक्षा अनुरुप कांग्रेस जानै सकेन । सत्ताको निरन्तरता वा वैकल्पिक सत्ताका बारेमा कांग्रेस अझै अन्योलमा छ । समय र परिस्थिीले कांग्रेसलाई पुनः एउटा अवसर दिएको थियो ।

अहिलेको सन्दर्भमा कांग्रेसका लागि सत्ता अपरिहार्य गन्तब्य बन्नु भन्दा पनि नयाँ जनादेशबाट जनविश्वास आर्जन गरेर सत्ता यात्रा गर्नु कांग्रेसका दीर्घ राजनैतिक यात्राका लागि लाभदायी थियो । तर, यस तर्फ कांग्रेस जानै चाहेको देखिएन । किन दीर्घकालिन लनभका लागि र आम पार्टी कार्यकर्ताको भावना समेट्ने गरि निर्णय लिन नसकी कांग्रेस लाचार भएर बसेको छ, त्यो बुझ्न नसकिएको पाटो बन्न पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);