सरकार असफलतातिर उन्मुख रहेको डा. भट्टराईको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

सरकार असफलतातिर उन्मुख रहेको डा. भट्टराईको दाबी

dr baburam bhattarai

काठमाडौं, ११ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डाक्टर भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताएका हुन् ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी गरे । भट्टराईले जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको उल्लेख गए ।

उनले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको बताए ।

ताजा समाचार