राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको भट्टराईको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको भट्टराईको खुलासा

baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउनका लागि आग्रह गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेको समेत दाबी गरेका छन् । भट्टराईले आइतबार बिहान ट्वीट गर्दै प्रधानमन्त्रीलाई सो प्रस्ताव राखेको तर अस्वीकार भएको जानकारी दिएका हुन् ।

भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको तर प्रधानमन्त्रीबाट अस्वीकार भएपछि अरु कसैलाई नभनेको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली निकट एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्रीलाई भेटेर प्रधानमन्त्री पद मागेको आरोप लगाए पछि भट्टराईले ट्वीटमार्फत सो कुरा स्पष्ट पारेका हुन् । उनले लेखेका छन्–‘ प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौं’

भट्टराईले प्रधानमन्त्री ओलीलाई २८ गते भेटेका थिए भने २९ गते उनले ट्वीटर मार्फत् देशको संकट हल गर्न भन्दै सो प्रस्तावलाई समेत समेटेर ४ सुझाव दिएका थिए ।

भट्टराईले धारा ७६को उपधारा २ बमोजिम सबै दलको सहभागिता र वर्तमान÷पूर्व प्रधानमन्त्री बाहेकका नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका थिए ।

दोश्रोमा भट्टराईले दलका प्रमुख÷पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति गठन गर्ने , तेस्रोमा साझा न्यूनतम कार्यक्रम कोभिड नियन्त्रण, टीसीआर÷मुद्दा, संविधान संशोन, आर्थिक राहत र चौथो तथा अन्त्यमा एक वर्षभित्र चुनाव गर्ने सुझाव दिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);