शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै विप्लव समुहसँग वार्ता : मन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै विप्लव समुहसँग वार्ता : मन्त्री बास्कोटा

gokul

काठमाडौं, २ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने अडान राख्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले शक्ति संचय र छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने पनि स्पष्ट पार्नु भयो ।

बिहीबार आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले हिंसालाई बैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने पनि दोहो-याउनु भयो ।

मुलुकले यस अघि पनि हिंसा झेलेकाले त्यसको पुनरावृत हुने गरी कुनै पनि खालको गतिविधि सरकारले नगर्ने मन्त्री बास्कोटाको अडान छ ।

मन्त्री बास्कोटाले कार्यकर्ताको रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका साथ पनि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको बताउनु भयो । उहाँले अनौपचारिक वार्ता सो समूहसँग विभिन्न कोणबाट भईरहेको स्विकार गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);