नेपाल-भारतबीचकाे सम्बन्ध सदियौंदेखि घनिष्ट : नेपाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

नेपाल-भारतबीचकाे सम्बन्ध सदियौंदेखि घनिष्ट : नेपाल

madhav kumar nepal

काठमाडौं, २ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताउनु भएको छ ।

वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने पनि स्पष्ट पार्नु भयो । बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढावा दिँदै जानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताउनु भयो । उहाँले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । उहाँले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको पनि बताउनु भयो । राजदुत पुरीले नेपाली जनतालाई विपत्तिमा साथ दिन पनि भारत सरकार सदा तत्पर रहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);