नेपालको विकास भारतको इच्छा हो : राजदुत श्रीवास्तव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको विकास भारतको इच्छा हो : राजदुत श्रीवास्तव

काठमाडौं, २० माघ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतले सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले पनि भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो ।

उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न भारत सरकार लागि परेको बताउनु भयो । राजदुत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छदैछ । त्यो भन्दा पनि बढि जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाईदा हुने हो । यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो ।’

राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);