काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो ।
उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताउनु भयो । राजदुत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो ।
राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्न सक्दो पहल गर्ने बताउनु भयो ।