पोखरा प्राकृतिक र पर्यटनका दृष्टिले उत्कृष्ट, योग केन्द्रका रुपमा विकास गर्नुपर्छ : राजदुत श्रीवास्तव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पोखरा प्राकृतिक र पर्यटनका दृष्टिले उत्कृष्ट, योग केन्द्रका रुपमा विकास गर्नुपर्छ : राजदुत श्रीवास्तव

काठमाडौं, ६ असार । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताउनु भयो । उहाँले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताउनु भयो । उहाँले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनको हिसावले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ । यसका लागि भरतीय दुतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरु अहिले पनि पोखरा आउँछन् । नयाँ सडक, नयाँ एयरपोर्टका माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’

राजदुत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);