विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्छ : प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्छ : प्रदीप पौडेल

काठमाडौं,६ असार । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताउनुभएको छ । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताउनु भयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ । प्रष्टता नभएका कुराहरु हाम्रो बीचमा कमजोरी छन् । त्यसको अन्त्य हुनुपर्छ । भाषण कम छ तर वैचारिक वहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);