सूदुरपश्चिम प्रदेशमा आज शोक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सूदुरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं, ६ असार । सूदुरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोृक बिदा दिने भएको छ । मंगलबार निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मंगलवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. ढुण्डीराज पौडेलले विज्ञप्तिमार्फत् सिंहलाई साँझ मृत घोषित गरिएको जानकारी दिएका हुन् । अस्पताल पुर्याउँदा मन्त्री सिंहको शरीरमा नाथीको चाल नभएको र मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको अवस्था रहेको अस्पतालले जनाएको छ ।

सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । घाइते धर्मराज जोशी र दिपेन्द्र भण्डारीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मन्त्री सिंह सवार गाडी मंगलबार अपरान्ह बझाङको केदारस्यु गाउँपालिकाको कालंगा नदी किनारमा दुर्घटनामा परेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);