सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, २ असोज । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस मनाइँदै छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै नेता सिंहको स्मृति दिवसको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत गणेशमानको स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘आज मेरो आदरणीय नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस । उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता । मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो। उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ। उहाँप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु।’

त्यस्तै कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पनि गणेशमानलाई ट्विटरमार्फत स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ , ‘निष्ठा, त्याग र साहसका प्रतिमूर्ति, जनआन्दोलनका सर्वोच्च कमान्डर एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा लौहपुरूष वीर गणेशमान सिंहको २३औं स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।’

त्यस्तै कांग्रेस नेता प्रकाश मान सिंहले लेख्नुभएको छ , ‘निष्ठा,त्याग, र संघर्षका प्रतिमूर्ति लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहको २३ औ स्मृति दिवसमा उहाॅ प्रति हार्दिक श्रद्धा-सुमन !! ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);