पोखराबाट सिधै भारत उडान भर्न सके सम्बन्ध अझै प्रगाढ हुन्छ ः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पोखराबाट सिधै भारत उडान भर्न सके सम्बन्ध अझै प्रगाढ हुन्छ ः मन्त्री किराँती

काठमाडौं, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताउनुभएको छ । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताउनु भयो । उहाँले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्नुभयो ।

उहाँले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उहाँले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनु भयो । उहाँले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ । नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ । पोखराबाट सिधै भारतको विभिन्न शहरहरुमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ । पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामील उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जान्छ । इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठूलो नाका थियो । नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ । प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ । कोशेढुंगा सावित भएको छ सम्बन्धमा ।’

मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);