भारतको अनुदानमा निर्मित मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन (तस्विरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भारतको अनुदानमा निर्मित मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन (तस्विरसहित)

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ ।

वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको र यस्ता सहयोगले झनै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालका लागि भारत सरकारले धेरै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै थप सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

त्यस्तै नेपालका लागि भरतीय राजदुत नविन श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा भारत सरकारबाट धेरै सहयोग भइरहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्ध थप बिस्तार हुने बताउनु भयो । उहाँले हरेक वर्ष नेपालबाट भारतमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई भारत सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताउनु भयो । उहाँले भारत सरकारले शिक्षामा गरेको सहयोगले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि थप राहत हुने विश्वास व्यक्त गर्नुभयो ।

मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);