नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री ओली

oli-puri

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

आइतबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’मा प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको बताउनु भयो । उहाँले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञ र सरकारी अधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);