सप्तकोशी उच्च बाँधको विषयमा नेपाल र भारतबीच छलफल सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सप्तकोशी उच्च बाँधको विषयमा नेपाल र भारतबीच छलफल सम्पन्न

Saptakoshi

काठमाडौं, १२ साउन । भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको बिषयमा दुवै देशका अधिकारीबीच छलफल सम्पन्न भएको छ । बैठकमा कोशीको बाढी नियन्त्रणको दिर्घकालीन समाधानको लागि उच्चबाँध सहित सुनकोशी–मरिण वहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा छलफल भएको हो ।

विद्युुत विकास विभागमा महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वको टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग गत बिहीबार र शुक्रबार बाँधवारे छलफल गरेको थियो ।

भारतको जल आयोगले नेपालसँगको बैठकमा एक समझदारीमा हस्ताक्षर भएको बताएको छ । तर, समझदारीको विवरण खुलाइएको छैन ।हाल सप्तकोसी नदीमा उच्च बाँध बनाउन भारत र नेपालले संयुक्त रुपमा सम्भाब्यता अध्ययन गरिररहेका छन् ।

विहारमा कोशी नदीले वर्षेनी निम्त्याउने बाढी नियन्त्रण लागि नेपालतर्फ उच्च बाँध बनाउनने योजना छ । यसमा नेपाल सहमत भएर सम्भाब्यता अध्ययन अघि बढे पनि प्रतिवेदन आईसकेको छैन ।

हाल सप्तकोशी उच्च बाँधका लागि ड्रिलिङ लगायतका काम अघि बढाउन खोजिएको छ । तर, बाँधबाट प्रभावित हुनुपर्ने भन्दै सप्तकोसी नदीमा मिसिने अन्य नदी आसपासका क्षेत्रका बासिन्दाले यसको विरोध गरिरहेका छन् ।बैठकमा भएका सहमतिका बुँदालाई हाल दुबै पक्षले गोप्य राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);