घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

sasatra jawan yadav

विराटनगर, १२ साउन । देवानगञ्ज गाउँपालिका वडा न. ३ मा घुस लिएको आरोपमा शसस्त्र प्रहरी बलका जवान बलराम यादव पक्राउ परेका छन् । ईटहरी जिल्ला अख्तियार कार्यालयबाट गएको टोलीले शसस्त्र प्रहरी बलका जवान बलराम यादवलाई घुस लिएको आरोपमा शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ परेपछि स्थानीयबासी र अख्तियार टिमबीच भनाभन पनि चलेको थियो । धेरै बेरसम्म भएको भनाभनको क्रममा स्थानीयबासीहरुले शसस्त्र प्रहरी यादवले घुस नलिएको बताएका छन् । अख्तियार र व्यापारी मिलेर जबरजस्ती डेढ लाख नगद यादवको हातमा दिएको स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

देवानगञ्ज गाउँपालिकाका स्थानीयहरुले झन्डै ४ घण्टासम्म अख्तियारलाई घेराबन्दी गरी अख्तियार नै घुसखोरी हो भनेर आन्दोलन समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);