भरुवा बन्दुक सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भरुवा बन्दुक सहित दुई जना पक्राउ

Bharuwa Banduk

सिरहा, १२ साउन । जिल्ला प्रहरी कार्यालय सिरहाले फलामको भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ११ परचिलवाका १९ बर्षीय मनिष मण्डल र कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका २४ बर्षीय मो जाकिर मंसुरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जाँदा मण्डल र मंसुरीलाई कल्याणपुर नगरपालिका ११ परचिलवावाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेट बीआर ३२ क्यू १३८० मा राखेको घुमफिर गर्दैगर्दा दुवैलाई पक्राउ गरिएको हो । दुवैलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुन्धान थालिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);