वर्षासंगै सडक भत्किएपछि स्थानियलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्षासंगै सडक भत्किएपछि स्थानियलाई सास्ती

sadak ratanpur

श्याम गुप्ता
बारा, १२ साउन । बाराको निजगढदेखि रतनपुरी र भरतगञ्जसिगौंल जाने दुई वटा सडक वर्षासंगै भत्किन थालेको छ । सडक बनाउने भन्दै सडक छेउकै जमीनलाई एक्साभेटरले गहिरो खाडल खनि माटो निकाल्दै सडकमा हालेपछि अहिले सडक भत्किन थालेको हो ।

निजगढस्थित तामागढी अमलेखगञ्ज र निजगढ सिगौंल हुँदै मकवानपुरको फापरबारी जोड्ने सडक व्यवस्थित रुपमा निर्माण कार्य नगरिँदा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । सडक किनारमा एकोहोरो गहिरो खाडल खन्दा निरन्तरको वर्षापछि त्यँही पानी बगेर सडक भत्कदा स्थानीयले यसरी सास्ती खेप्नु परि रहेको छ ।

खाडलकै कारण निजगढ सिगौंल हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकमा दुई दर्जन भन्दा बढी रुख सडक र विद्युत पोलमा ढलेपछि सडक अवरुद्धसंगै चार दिनसम्म भरतगञ्जसिगौलबासी विद्युतविहीन हुनु परेको थियो । जथाभावी खाडल खनेकोमा स्थानीयले आपत्ति जनाए पनि ठेकेदारले नटेरेको स्थानीयको भनाई छ ।

रतनपुरीका एकथरी स्थानीयले सडक बनाउने नाउँमा गाउँबस्ती, वन क्षेत्रमा जथाभावी खाडल खन्दै सडकमा हालेको, रुख ढाल्ने, विरुवा नष्ट गर्ने, सामुदायिक वन उपभोक्ता समुहका तारवार भाँच्ने, जथाभावी नदीजन्य बस्तु उत्खनन् गरी अवैध रुपमा सडकमा बिच्छाउने विरुद्ध रतनपुरी सडक अनुगमन सरोकार समितिले निर्माण कम्पनी पप्पु रञ्जन जेभी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान हेटौडामा उजुरी हालेका हुन् । उजुरी दिएपनि अहिले सम्म कुनै सुनुवाई नभएको रतनपुरी सडक सरोकार अनुगमन समितिका संयोजक विष्णु प्रसाद ढुंगानाले बताउनु भयो ।

कम्पनीविरुद्ध अख्तियारमा उजुरी दिएको जानकारी पाएसंगै सडक निर्माण कम्पनीका ठेकेदार सिहासन साह कलवार स्थानीयको सम्पर्कमा आएका छन् । सडक निर्माण गर्ने क्रममा भएका कमी कमजोरी, हानी नोक्सानीलाई सच्याउने लिखित सहमती गरेपनि सहमती अझै पालना नगरेको संयोजक ढुंगानाको भनाई छ । ठेकेदार साह केही दिन अघि आई निजगढ नगरका जनप्रतिनिधी सहित रतनपुरी सडक सरोकार समितिका संयोजक सहित सदस्यहरुसंग भेट गरेका छन् ।

सडकमा बिच्छाउँदै गरेको पहिलो चरणको अधुरो कार्य पुरा गर्न दिने र बाँकी कार्यका लागि पूर्व सहमति अनुसारका खाडल पुर्ने, हानी नोक्सानीलाई सच्याई सकेपछि मात्र दोस्रो प्राईमकोट र कालो पत्रे कार्यलाई अघि बढाउने मौखिक सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);