हत्या गरी फरार भएका आरोपी १२ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

हत्या गरी फरार भएका आरोपी १२ वर्षपछि पक्राउ

sunita lama hatya-pakrau

काठमाडौं, १२ साउन । ललितपुरको इमाडोलमा डेरा गरी बस्ने सुनिता लामाको हत्याका आरोपी राजेश लामालाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । १२ वर्ष अघि मकवानपुर स्थायी घर भएकी सुनितालाई हत्या गरी फरार भएका राजेशलाई प्रहरीले गत शुक्रवार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई १२ वर्षपछि पक्राउ गरिएको आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

व्यूरोका निर्देशक एबं प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको जानकारी दिनु भयो ।

सुनिताको १२ वर्ष अघि इमाडोलमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।

ताजा समाचार