जल यातायात सञ्चालनबारे नेपाल–भारतबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जल यातायात सञ्चालनबारे नेपाल–भारतबीच छलफल सुरु

nepal-bharat waterways

काठमाडौं, ३१ असार । नेपाल–भारतबीच जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यकासाथ आईतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो ।

नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात सञ्चालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए । उनले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात सञ्चालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो । २ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरुको पनि सहभागीता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);