चिकित्सा शिक्षा विधेयक कांग्रेसको सहमतिमै अघि बढ्छ : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

चिकित्सा शिक्षा विधेयक कांग्रेसको सहमतिमै अघि बढ्छ : मन्त्री पोखरेल

giriraj pokhrel

काठमाडौं, ३१ असार । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै सहमतिमा अघि बढाउने तयारी गरेको छ । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दैै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पोखरेलले संसदमा पेश गरिएकोे विधेयक फिर्ता लिन भने नसकिने स्पष्ट पारे । उनले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार नै आएको दावीसमेत गरे । पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको भन्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रतिपक्ष दललाई आग्रह गरे ।

मन्त्री पोखरेलले माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रुपमा लिन नहुने तर्क गरे । उनले सरकारले चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दाबीसमेत गरे ।

ताजा समाचार