शिक्षा विधेयक जबर्जस्ती पारित गरे प्रतिकार गर्छौ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

शिक्षा विधेयक जबर्जस्ती पारित गरे प्रतिकार गर्छौ : गगन थापा

gagan thapa

काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रने चेतावनी दिए ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन हुने गरी नआएको दाबी गरे ।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको बताए । उनले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षणसमेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);