प्रचारबाजीका लागि मात्र निर्देशन, कार्यान्वयन पक्ष फितलो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचारबाजीका लागि मात्र निर्देशन, कार्यान्वयन पक्ष फितलो

pm oli brief

फूलमाया आले
काठमाडौं, ३१ असार । उच्च तहबाट निर्देशन दिने तर, कार्यान्वयनको पक्षलाई भने वेवास्था गर्ने परिपाटी हावी भएको छ । प्रधानमन्त्रीकै तहबाट आएका अधिकांश निर्देशन कार्यान्वयन हुन सकेका छैनन् । जानकारहरु भने आन्तरिक छलफल नै नगरी केबल प्रचारबाजीका लागि मात्र निर्देशन दिने गरिनाले कार्यान्वयनको पक्ष फितलो देखिएको टिप्पणी गर्छन ।

केपी शर्मा ओली प्रधानमन्त्री भए पछि काठमाडौं उपत्यकाको सडकमा रहेको खाल्डाखुल्डी तत्काल पुर्न भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पटक–पटक निर्देशन दिए । ओलीले मात्र होइन यस अघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सडकका खाल्डा खुल्डी पुर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिएका थिए ।

विभागिय मन्त्री देखि सचिवलगातका कर्मचारीहरुलाई निर्देशन दिइए पनि उपलब्धी भने देखिएको छैन । सडक त एक उदाहरण मात्र हो । प्रधानमन्त्री तहबाटै विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा दिइएको निर्देशनहरुको वेवास्ता हुँदै आएको छ ।

विकसित मुलुकमा विकास निर्माण देखि हरेक गतिविधि एउट व्यवस्थित प्रणालीमा चलेको हुन्छ । जहाँ यस्तो गर्नुपर्‍यो भनेर निर्देशन दिइरहनु जरुरी नै हुँदैन । जिम्मेवार निकायहरुले आफ्नो काम इमान्दारीताकासाथ गर्ने हो भने प्रधानमन्त्रीले कुनै पनि काम गर्नका लागि विभागीय मन्त्री र कर्मचारीलाई बोलाएर निर्देशन दिनुनै पर्दैन ।

नेपालमा भने हरेक विषयमा पटक–पटक निर्देशन दिइन्छ तर, कार्यान्वयन भने हुँदैन । यस्तो अवस्थाले मुलुकको प्रशासनिक प्रणालीको कति नाजुक छ भन्ने दर्शाउने पूर्वमूख्यसचिव विमल कोइरालाको भनाइ छ ।

त्यसो त पूर्ववत सरकारले गरेका काम र निर्णयलाई नयाँ बन्ने सरकारले उपेक्षा गर्ने परिपाटीले पनि समस्या झनै बल्झाएको छ । अधुरा काम र नयाँ काम कसरी सम्पन्न गर्ने भन्ने योजना नबनाउने गर्दा कार्यान्वयनमा समस्या देखिएको पूर्वसचिव खेमराज नेपालको बुझाइ छ । योजनाविनाको मौखिक निर्देशनले मात्र काम नबन्ने उनको भनाइ छ ।

त्यस्तै मन्त्रालयको सम्बन्धित निकायमा अन्तर सम्वन्यको पनि अभावका छ । भने, निर्देशन पश्चात काम भयो या भएन भनेर मुल्याङकन गर्ने परिपाटी नै छैन । न त निर्देशन दिनु अघि आन्तरिक छलफल नै गरिन्छ ।

सुशासनका लागि राज्यका हरेक निकाय जिम्मेवार हुनुपर्छ । सबैले आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्नुपर्छ । तर, समयमा काम पनि नगर्ने र माथिल्लो निकायबाट आएको निर्देशनसमेत पालना नुहँदा दण्डहिनताले प्रशय पाउँछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);