पार्टीलाई कमजोर बनाउन केही शक्तिको चलखेल : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पार्टीलाई कमजोर बनाउन केही शक्तिको चलखेल : अध्यक्ष दाहाल

puspakamal dahal

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई अझै एकतावद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । शहीद विष्णु चौलागाईँको समृतिमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्र केही त्रुटि भए सच्याउँदै लैजाने बताए ।

अध्यक्ष दाहालले पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको भन्दै त्यसबाट सचेत हुन नेता, कार्यकर्तालाई आह्वान गरे । उनले शहीदहरुकै बलिदानको प्रतिफल स्वरुप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै उनले उपलब्धिलाई जोगाएर अघि बढने प्रतिबद्धता व्यक्त गरे । दाहालले शहीदहरुले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);