डा. केसीले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्दैछन : रक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

डा. केसीले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्दैछन : रक्षामन्त्री

ishwor pokhrel

काठमाडौं, ३१ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सक गोविन्द केसीले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।

आईतबार काठमाडौं जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले लोकतान्त्रिक विधि अनुसार सबै समस्याको समाधान खोज्ने थलो संसदलाई बाईपास गरेर अघि बढ्ने चिकित्सक केसीको अडान जायज नभएको तर्क गरे । उनले विरोध गर्ने काम बन्द गरेर मुलुकलाई अघि बढाउने काममा सहयोग गर्न पनि सबैलाई आह्वान गरे ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उत्साहका साथ काम गर्न स्थानीय सरकारलाई आग्रह गरे । उनले स्थानीय सरकारका लागि आवश्यक जनशक्तिको व्यवस्थापनमा ढिलाई नहुने आश्वासन पनि दिए । मन्त्री पण्डितले स्थानीय तहको सरकारलाई जनतामा आशा भर्न पनि सचेत गराए ।

ताजा समाचार