सरकारले संसदलाई काम दिएन भन्न मिल्दैन : लालबाबु पण्डित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारले संसदलाई काम दिएन भन्न मिल्दैन : लालबाबु पण्डित

काठमाडौं, २६ चैत । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले संसदलाई काम दिएन भन्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पण्डितले संसदमा विधेयकहरु चाङ लागेर बस्दा पनि विधेयक माथिको छलफल सभामुखले अघि नबढाएको आरोप लगाए । त्यस्तै धेरै अन्तराष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने भए पनि त्यसमाथिको छलफल समेत अघि नबढेको उनले बताए ।

अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरि रहेको उनको भनाई छ । ‘सरकारले काम दिएन भनिन्छ, सरकारले ल्याएका विधेयक पास गर्ने काम संसदको होइन ? सन्धि सम्झौता अनुमोदन गर्ने काम संसदको होइन ?’ उनले प्रश्न गरे ।

साथमा विधेयक नभए संसद सचिवालयको विधेयक शाखाबाट लिन सकिने पनि उनले बताए । संसदीय व्यवस्थालाई असफल बनाउन चाहने र सरकारको विरोध मात्र गर्नेले अहिले सरकारले संसदलाई काम दिएन भनेर विरोध गरिरहेको उनको भनाई छ ।

प्रतिनिधि सभाको कामलाई प्रभावकारी बनाउन सभामुखको विशेष भूमिका हुने बताउँदै सांसद पण्डितले यदि संसद र संसदीय व्यवस्था माथि प्रश्न उठ्छ भने त्यतिखेर सरकार माथि मात्र होइन सभामुख माथि पनि प्रश्न उठ्ने प्रष्ट पारे । सरकारसँग समन्वय गरेर जनताका आवश्यकतासँग जोडिएका विधेयक अघि बढाउन पनि सांसद पण्डितले सभामुखलाई आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);