एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । विधानको महाधिवेशनको लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ । उक्त बैठकले विधान महाधिवेशमा प्रश्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रश्तुत हुने र त्यसमाथि व्यपक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताए । उनले यसमा आएका सुझावहरुलाई राखेर केन्द्रिय कमिटीको बैठक असोजको ८ र ९ गतेका लागि बोलाइएको पनि उनले जानकारी दिए ।

त्यसैगरी उनले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बिरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र नेकपा एमालेलाई बलमिच्याइँ गरेको निस्कर्ष पार्टीले निकालेको पनि बताए । सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौति गरेर हचुवाको भरमा कार्यक्रम थपेको आरोप समेत लगाए ।

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विाजनको निम्ति खेलेकोे भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको भट्टराईको भनाई छ । उनले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप समेत लगाए । त्यसैगरी अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिति उत्तेजित नबनाउन गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);