एमसीसी सबैका लागि कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमसीसी सबैका लागि कष्टकर

काठमाडौं । एमसीसीको पक्षमा समर्थन जुटाउन भन्दै काठमाडौं दौडाहमा रहेकी फातिमाले थालेको छलफल नेताहरुका लागि कष्टकर बनेको छ । सत्तारुढ गठबन्धनका नेताहरुबीच एमसीसी बारे सहमति हुन सकेन ।

प्रमुख प्रतिपक्षि दल एमालेले एमसीसी बारे तत्काल नबोल्ने भनिसक्यो । सडक सडकमा जनताले नो एमसीसी भन्दै नाराबाजी गर्न थालेपछि एमसीसी पक्षधरहरु समेत हच्किएका छन् ।

नेताहरुलाई जनभावना विपरित एमसीसी पास गरे राजनीतिक भविष्य दाउमा लाग्ने डर छ भने, एमसीसी खारेज गरे शक्ति केन्द्र रिसाउने चिन्ता छ । त्यसैले देशको सिंगो राजनीति एमसीसीको उल्झनमा फसेको छ । र एमसीसी हरेक नेताका लागि कष्टकर बनेको छ ।

सरकारले नै जोड दिएर पास गर्न खोजिएको एमसीसी अहिले सबैका लागि कष्टकर बनिरहेको छ । यसबारे नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर घात पु¥याउने विश्लेषण भइरहंदा जनताको ध्यान लगतार एमसीसी माथि छ । कुन कुन नेता ले कसरी एमसीसी पास गराउछन् भनेर जनता होसियार बनेका छ ।

त्यसैले पनि नेताहरुका लागि एमसीसी पास गराउने विषय झन बनेको छ । एमसीसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चुनौती लिन सक्छ भन्ने बारे नेताहरु राम्रोसँग जानकार छन् । तर विगतमा एमसीसी र एमसीसीसँग जोडिएका शक्तिकेन्द्रसँग गरेको बाचाबाट पछि फर्किन धेरै नेताहरुलाइ गारो भएको छ । जसका कारण नेताहरु एमसीसीको पक्ष र विपक्षमा विभाजित भएका छन् । आश्चर्यको कुरा के छ भने, एमसीसीको पक्षमा हुने नेता पनि बोल्न सक्ने अबस्था छैनन् ।

हिजो सम्म एमसीसीको पक्षधर मानिएको एमाले एमसीसीबाट पछि हटेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली एमसीसी बारे दबिएको छ । कांग्रेसकै अधिकांश नेता एमसीसी बारे मौन छन् । अरु राजनीतिक दलहरुको अबस्था पनि यस्तै छ । नेताहरु अहिले जनताको कठघरामा अभिएका छन् । उनीहरुलाई एमसीसी पास गरे राजनीति नै समाप्त हुने डर छ । पास नगरे विदेशी शक्ति रिसाउने चिन्ता छ ।

विगतमा विदेशी अनुदान मन्त्रीपरिषदबाटै पास हुन्थ्यो । अनुदान लिएको निर्णय मात्र जनताले थाहा पाउँथे । तर अमेरिकाले एमसीसी संसदबाट समेत पास गर्नु पर्ने सर्त राख्यो । जसका कारण जनप्रतिनिधि र जनताले एमसीसी सम्झौताका बुदां बुदांमा के भनेर जान्ने मौका पाए । एकपछि अर्को बुंदा नेपालको हित विपरित देखेपछि शुरु भयो नो एमसीसी अभियान । नेपाली जनता अनेक दुख कष्ट र हण्डर खान तयार हुन्छन् । तर राष्ट्र र राष्ट्रियतामाथि आँच आउन दिदैनन् । त्यसैको उपज हो आज एमसीसी सहयोग लेउ भन्दै एमसीसी कि उपाध्यक्ष नेताहरुका घर घरमा पुग्दै छिन् ।

त्यसैले फातिमा रित्तै हात स्वदेश फर्कने सम्भावना बढेको छ । यो नेपाली जनताकै कारण सम्भव भएको छ । अन्यथा धेरै नेताहरले सम्बन्धित शक्ति केन्द्रलाई एमसीसी पास गराउन बचन दिइसकेका थिए ।

नेपाली जनताको मुख्य अडान एमसीसी सम्झौता संशोधन हुनुपर्छ भन्ने होइन, खारेज हुनु पर्छ भन्ने हो । संसोधनको माग नेताहरुको हो । तर अब अमेरिकाले नै संशोधन नहुने भनिसक्यो । नेताहरुले जबरजस्ती एमसीसी लाद्ने कोसिस समेत गर्न सक्दैनन । किनकि नेपाली जनता अहिले वास्तैवमा वाच डगको भुमिका खेलिरहेका छन् एमसीसी पास भए नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेलमैदान बन्न सक्छ भन्ने जनताको मुख्य चिन्ताको विषय हो ।

यसले नेपालमा अमेरिकी चलखेल झनै बढाउने छ । राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकट आउन सक्छ । त्यसकारण नेताहरुले यो मामिलामा खेलाची गर्न मिल्दैन । विदेशी दलालहरुबाट देश सञ्चालन हुनु हँुदैन । राष्ट्रियता र जनजीविका सँग जोडिएका जल्दा बल्दा मुद्दाहरुबाट कुनै नेता पन्छिन खोज्छन भने उनीहरु जनस्तरबाट पछारिने छन् । विदेशी हस्तक्षेप कुनै पनि वाहानामा नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

देशको अर्थतन्त्र तीव्र गतिमा आत्मनिर्भर र गतिशील बनाउदै लैजाने हो भने हामीले एमसीसी जस्ता सहयोग होइन आफ्नै बलमा विकासको जग बसाल्न सक्नुपर्छ । हाम्रो देश आफ्नो विवेकले अघि बढ्नु पर्छ । अन्यथा राज्यले भोली गम्भीर मूल्य चुकाउनुपर्ने छ । अहिले देश भ्रष्टाचार र महंगीको भुमरीमा छ । कालोबजारी मौलाएको छ ।

जता ततै लुटतन्त्र छ । देशको सिंगो अर्थतन्त्र उत्पादन भन्दा उपभोगमा आधारित छ । अनुत्पादक क्षेत्रमा बजेटको ठूलो हिस्सा छुटयाईन्छ । स्थानीय तह देखि प्रदेश हुदै केन्द्र सम्म खर्बौ रुपैंया फजुल खर्च भइरहेको छ। देश बेरोजगार, अभाव, व्यापार घाटा र परनिर्भरताबाट ग्ज्रिरहेको छ। जनताले बयान गर्न नसकिने दुःखकष्ट भोगिरहेका छन् ।

देश र जनताले चौतर्फी रुपमा संकटको सामना गर्नु परिरहेको छ। यस्तो वेला ५५ अर्बको खेलमा लाग्ने नेताहरुको अनुहार पहिचान गर्नु पर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);