एमसीसी संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमसीसी संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

pradeep gyawali

काठमाडौं, १४ पुस । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताउनुभएको छ ।

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८/१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले एमसीसीको विषयमा सरकार स्पष्ट भएकोले संसदबाट पास हुने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने जानकारी दिनुभयो । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो ।

उहाँले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन् भन्ने महत्वपूर्ण हुने बताउनुभयो । उहाँले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);