एमसीसी सम्बन्धि सम्झौता संसदबाट अनुमोदन हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसी सम्बन्धि सम्झौता संसदबाट अनुमोदन हुन्छ : सञ्चारमन्त्री

मन्त्रिपरिषद् बैठकका निर्णय

१ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो दिइएको होइन

काठमाडौं, ३ पुस । सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धि सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने बताउनुभएको हो । सञ्चारमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताउनुभयो । ‘फोबियाहरुद्वारा हामी चल्न चाहँदैनौँ । पो पास हुन्छ’, उहाँले भन्नुभयो ।

पार्टीभित्र नै एमसीसीको विरोध भइरहेको सन्दर्भमा बास्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले विरोध गरिरहेको बताउनुभयो । ‘‘एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरे बुझेको हुनुपर्छ कि केही नबुझेको । अंग्रेजी नी जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाईनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ । मलाई जहाँसम्म लाग्छ एमसीसी आउँदा ईण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन् ।’’

नेकपाको विदेश विभागले समेत यसको विरोध नगरेको भन्दै बास्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताउनुभयो । ‘दलको बैठकमा अनेकौँ कुराहरु उठ्छन् नी उठेका सबै कुरा कहाँ पास हुन्छन् । कहाँ सदर हुन्छन् । हुँदैनन् नी’, बास्कोटाले भन्नुभयो ।

बास्कोटाले एनसेललाई फ्रिक्वेन्सी दिइएको सन्दर्भमा सबै पारदर्शी रुपमा भएको बताउनुभएको छ । इतिहासमै पहिलो पटक बोलकबोल प्रकृयाबाट वितरण गरिएको भन्दै बास्कोटाले यो पारदर्शी भएको बताउनुभएको हो ।

‘‘लिलामीमा भाग लिन मापदण्ड बनेका थिए । मापदण्ड पुगेका कम्पनीहरुले भाग लिए । जसको लाइसेन्स नै छैन् । जुन कम्पनी टाट पल्टेको छ त्यसलाई दिएन भनेर हुन्छ’, उहाँले भन्नुभयो, ‘९ मेगाहर्ज लिलामी भएको छ । यसबाट ४५ करोड सरकारलाई आउँछ । टेलिकमले त्यही रेञ्जमा प्रयोग गर्छ । हावाबाट नै ९० करोड रुपैयाँ आउँछ ।’’

राजपासँग भएको चुनावी गठबन्धन स्वभाविक

बास्कोटाले राष्ट्रिय जनता पार्टीसँग भएको चुनावी गठबन्धन स्वभाविक भएको बताउनुभएको छ । राजनीतिको कुनै सीमा नहुने भन्दै बास्कोटाले आफ्नो पार्टीले कुनै पनि दललाई विपक्षी बनाउन नचाहेको बताउनुभयो ।

राजपाले पनि सुरुमा सरकारलाई समर्थन गरेको स्मरण गर्दै बास्कोटाले बिचमा केही खाल्डाखुल्डी परेर मन भाँचिएको बताउनुभयो । ‘‘सरकारमा आउनुभयो भने वेलकम छ । एक, दुई जना मन्त्री फिर्ता बोलाउनुपरेपनि बोलाउँछौँ । भागवण्डाको कुरा भएन नेकपा उदार छ । सरकारबाट कोही पनि बाहिरिनु पर्दैन् ।’’ उहाँले भन्नुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा बिओपी थप्न समस्या छैन
प्रवक्ता बास्कोटाले नेपाल भारत सीमा क्षेत्रमा बिओपी थप्न कुनै कुराले पनि समस्या नगर्ने बताउनुभएको छ । आफ्नो देशको आन्तरिक सुरक्षालाई व्यवस्थित गर्न बिओपी थपिन लागेको बताउनुभयो ।

१ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो दिइएको होइन
सीमा समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउँदै बास्कोटाले उत्तेजनात्मक हिसाबले समस्या समाधान नहुने भन्दै उनले भने ‘सरकारले कानमा तेल हालेर पनि बसेको छैन । १ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो नदिएको भन्दै बास्कोटाले देशको आन्तरिक सुरक्षाका लागि यस्ताे गरिन लागेको हाे ।’

गोकर्ण रिसोर्टसँग थप गरिएको सम्झौताका पहिलेको भन्दा बढी पैसा तिर्नुपर्ने गरि गरिएको बताउनुभयो । ‘‘कसैले सञ्चालन गरिरहेको थियो । भिजिट नेपाल चल्दैछ । उसको संरचना छ । उसको लगानी छ । त्यसको हिसाबकिताबमा म जान्न पहिले जति दिएको थियो अब त्यसले त्यो भन्दा बढी तिर्नुपर्छ ।’’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);