उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढ्यो : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढ्यो : देउवा

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताउनुभएको छ । सिन्धुपाल्चोकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिई निराश नहुन पनि उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको उहाँको भनाई छ । सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाउनुभएको छ ।

यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);