खेलाडीलाई उचित तलब र भत्ता दिने कुरा संसदमा उठाउने देउवाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खेलाडीलाई उचित तलब र भत्ता दिने कुरा संसदमा उठाउने देउवाको प्रतिवद्धता

deuba-kheladi

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपमा १३ औं दक्षिण एशियाली खेलकूद सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको हो । उहाँले राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताउनुभयो । उहाँले कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै गुनासो गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);