सरकारले गरेका गलत कामको संसदमा प्रतिवाद गर्ने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सरकारले गरेका गलत कामको संसदमा प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठकमा सरकारले गरेका गलत कामको प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले संविधान विपरीत ल्याएका विधेयकदेखि विभिन्न निकायमा गरेका नियुक्तिको संसदमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

त्यसैगरी शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा कांग्रेसले भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राख्दा नेपाल सरकारले फिर्ता ल्याउनका लागि आवश्यक पहल नगरेकोमा पनि विरोध गर्ने जनाएको छ।

भारतले गत नोभेम्बर २ मा राजनीतिक नक्सा जारी गरेको थियो। जसमा नेपालका लिम्पियाधुरा लगायतका भूमि भारतमा देखाइएको थियो। त्यसले नेपालभर भारतको विरोध भइरहेको छ ।

कांग्रेस बैठकले सरकारले विपक्षीलाई बेवास्ता गरेर विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति गर्न खोजेकोप्रति पनि आपत्ति जनाएको छ । त्यसैगरी बैठकले सरकारले अघि सारेको नेपाल विशेष सेवा विधेयक, २०७६ र नीति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६ को प्रतिवाद गर्ने जनाएको छ ।

विशेष सेवा विधेयकले जनताको स्वतन्त्रता र गोपनियता हनन् गरेको कांग्रेसको आरोप छ । नीति अध्ययन प्रतिष्ठानलाई स्वतन्त्र राख्नुपर्नेमा विधेयकले नेकपाका कार्यकर्ताको भर्ती गर्ने केन्द्र बनाउन खोजिएको कांग्रेसको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);