नेकपा सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्न सकेन

nekapa sachibalaya

काठमाडौं, १७ जेठ । सत्तारुढ नेकपाले अमेरिकी च्यालेञ्ज कर्पोरेसन एमसीसी अनुमोदन गर्ने-नगर्ने निर्णय संसदले गर्ने बताएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निकर्ष निकालेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताउनुभयो ।

नेकपामा आर्थिक वर्ष २०७७-७८ को बजेटमा एमसीसी समाबेश गरिएको भन्दै केही नेताले असन्तुष्टि राख्दै आएका छन् । बैठकले एमसीसी संसदले अनुमोदन नगरेसम्म त्योसंग सम्बन्धित कार्य अघि नबढाउने निष्कर्ष पनि निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);