वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

bamdev gautam

काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेकपाले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकमा एमसीसी परियोजनाका बिषयमा पनि छलफल भएको जनाइएको छ ।

फागुन ९ गते नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित पार्टी अध्यक्षलाई बुझाएको थियो ।

सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एमसीसी, संबिधान संसोधन लगाउयका बिषयमा छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);