अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजिनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजिनामा

काठमाडौं, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराउनु भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ ।

तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उहाँको मन्त्री पदसमेत शनिबारबाट स्वतः सकिदै छ । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिनु भएको छ । खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);