नेकपाको सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपाको सचिवालय बैठक स्थगित

nekapa sachibalaya

काठमाडौं, २७ जेठ । सत्तारुढ नेकपाको आज बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे छलफल गर्न आज अपरान्ह ४ बजे बोलाइएको बैठक अचानक स्थतिग गरिएको हो ।

नेकपाको एमसीसी अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपाभित्र बिवाद बढेको छ । विवाद समाधानका लागि आज सचिवालय बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली संसद्को यहि अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा हुनुहुन्छ भने सचिवालयका बहुमत सदस्य यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);