नेकपाको सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपाको सचिवालय बैठक स्थगित

nekapa-oli-dahal

काठमाडौं, २३ जेठ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गर्न समय मागेपछि बैठक स्थगित भएको जनाइएको छ ।

दुबै अध्यक्षले जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्न सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो । बुधवारको बिहिवार बैठक बसेर जिल्लाका इन्चार्ज र सह इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो । तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको छ ।

नेताहरुबीच ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने बिषयमा बिवाद हुँदै आएको छ । नेताहरुले अर्काे बैठक प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि बस्ने बताएका छन् । प्रधानमन्त्री ओली यही जेठ २५ गते युरोप भ्रमणमा जाँदै हुनुहुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);