नेकपाको सचिवालय बैठक आज बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपाको सचिवालय बैठक आज बस्ने

काठमाडौं, १७ असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल दिउँसो ४ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा सहमति भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);