नेकपाको सचिवालय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाको सचिवालय बैठक जारी

nekapa baithak

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजन र पार्टीका विभिन्न विभागमा नेतृत्व चयनका विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि मंगलबार र बुधबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो भने बिहिबार प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाईएको थियो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र विभिन्न विभागको नेतृत्व चयनका विषयमा शीर्ष नेताहरुबीच सहमती जुट्न नसक्दा सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);