काठमाडौं, ३१ साउन । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै पूर्वप्रधान सेनापति रुक्मांगद कट्वालले अहिले समग्रमा नेपाली जनताहरु निराश भएको बताउनु भयो । उहाँले भोलिको अवस्था कस्तो हुन्छ भन्ने सबै जनताको प्रश्न रहेको बताउनु भयो । नेपाल दुई ठूला शक्तिशाली देशहरुको बीचमा रहेकोले, अहिले को सबै अवस्थाको समाधान गर्न सर्बप्रथम राष्ट्रिय मूल नीति बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको सरकार चुनावमा जाँदा जनतासंग गरेको बाचाहरु केहि पनि पूरा हुन नसकेको र जुन सपना जनताले देखेका थिए त्यो पनि पूरा नभएको बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले पूर्वप्रधान सेनापति रुक्मांगद कट्वालसंग गरेको कुराकानी हेर्नुहोस् :




