सप्तकोसी नदीमा जल यातायात सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सप्तकोसी नदीमा जल यातायात सुरु

jal yatayat

गोपाल पोखरेल
उदयपुर, १६ जेठ
। उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा जल यातायात सुरु गरिएको छ । पर्यटन प्रबर्धन गर्ने उद्देश्यले जल यातायात सुरु गरिएको हो । जल यातायातबाट दैनिक १ हजार बढीले यात्रा गर्ने गरेका छन् ।

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदिमा जेट बोट मार्फत जल यातायात सुरु गरिएको हो । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले ३ करोडको लागतमा भारतको पुनाबाट जेट ल्याएर सप्तकोसी नदीमा जल यातायात सुरु गरेका हुन् । जल यातायातबाट दैनिक १ हजार बढीले यात्रा गर्ने गरेका छन् । पर्यटन प्रबर्धन गर्ने उद्देश्यले जल यातायात सुरु गरिएको हो ।

जल यातायात सुरु भएसँगै प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रको दर्शनका लागि पुग्ने भक्तजनलाई सहज भएको छ । त्यस्तै जल यातायातबाट पर्यटकले अरुण र तमोर नदीसम्म अवलोकन गर्ने गरेका छन् । सप्तकोसी नदीका ढुंगा हटाए १ घन्टामा तुम्लिङटार र २ घण्टामा दोलालघाट पुग्न सकिने छ ।

जेट बोट चढ्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । जल यातायातको भाडा अहिले ८ सय कायम गरिएको छ । सो भाडा धेरै भएको यात्रुहरुको गुनासो छ ।

जल यातायात सुरु भएसंगै उदयपुरको र सुनसरीको आर्थिक गतिविधिमा समेत बृद्धि भएको छ । सरकारले सप्तकोसी नदीमा रहेका ढुंगा व्यवस्थापन गरेर बोट संचालनका लागि जल मार्ग निर्माण गरिदिने हो भने आन्तरिक तथा बाह्यि पर्यटकलाई मात्र होइन, पहाडि तथा हिमाली भेगका सर्वसाधारणलाई समेत जल मार्ग हुँदै आवागमन गर्न सहज हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);