अमेरिकी राजदुत बेरीद्वारा नेता खनालसंग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अमेरिकी राजदुत बेरीद्वारा नेता खनालसंग भेटवार्ता

jhalanath khanal and berry

काठमाडौं, १७ असोज । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ सैन्य वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पार्नु भएको छ ।

नेपालमा चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि व्यापक छलफल भईरहेका बेला अमेरिकी राजदुत बेरीले शुक्रबार नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँगको भेटमा यस्तो बताउनुभएको हो । राजदुत बेरीले आफुसंगको भेटमा अमरिकाले अघि सारेको ‘इण्डो–प्यासिफिक रणनीतको उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाउनुएको नेता खनालले जानकारी दिनुभयो । खनालसँगको भेटमा राजदुत बेरीले नेपाल तटस्थ मुलुक भएकाले सो रणनीतिमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि बताउनुभएको नेता खनालले उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदुत बेरीलाई दिनु भएको थियो । राजदुत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);