एमसीसीका विषयमा अमेरिकी राजदुत बेरीको चासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एमसीसीका विषयमा अमेरिकी राजदुत बेरीको चासो

randy bary and ishowr pokhrel

काठमाडौं, ११ साउन । अमेरिकाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राख्नु भएको हो ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले उपप्रधानमन्त्री पोखरेलसंग भेट गर्नुभएको हो । गत जेठ १६ गते संसदबाट एमसीसी पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझ्नुभएको हो ।

भेटमा राजदूत बेरीले एमसीसीको विषय चासो राख्नुभएको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो । भेटमा रक्षामन्त्री पोखरेलले राजदुत बेरीलाई सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको जानकारी गराउनुभएको थियो ।

भेटमा राजदुत बेरीले छिमेकी भारतमा कोरोना संक्रमण बढिरहेका बेला नेपालले कोरोना नियन्त्रणका लागि बनाएको योजना बारे पनि चासो राख्नु भएको थियो । बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);