अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई

sher bahadur deuwa

काठमाडौं, १० असोज । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् ।

देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुको आँकलन छ । देउवा निकट नेताहरुले भने राजदूतसँग दुई देशबीचका सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बताएका छन् ।

राजदूत बेरीले देउवालाई बूढानीलकण्डस्थित निवासमा र नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेका हुन् । भेटमा बेरीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण, नकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहकार्यबारे चासो राखेको स्रोतले बतायो । यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);