विदेशी राजदूतका तिहार कूटनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विदेशी राजदूतका तिहार कूटनीति

american rajdut

काठमाडौं, १४ कात्तिक । अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि शुभकामना दिइन्।

बेलायती राजदूत रिचार्ड मोरिसले भने अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामै शुभकामना दिए। अमेरिकी राजदूतले कार्यकालको पहिलो वर्ष पूरा भएको खुसी ट्विटरबाट बाँडेको भोलिपल्टै तिहारको शुभकामना दिए।

उनले कुकुर तिहारको दिन निवासमा कुकुरलाई माला लगाएर डुलाएको तस्बिर राख्दै शुभकामना दिएका थिए। त्यसपछि उनले हरेक दिन (लक्ष्मीपूजा, गोवद्र्धन तिहार, म्हपूजा र भाइ टीका) को शुभकामना दिँदै तस्बिर राखे। निवासमा रंगोली आफैंले बनाइरहेको तस्बिरसमेत राखे।

तीन महिनादेखि ट्विटर चलाउन थालेकी चिनियाँ राजदूत होऊले कात्तिकमा हिमालयन एअरलाइन्सको पहिलो बेइजिङ उडानको ट्विट गरिन्। त्यसको भोलिपल्ट (लक्ष्मीपूजाको दिन) तिहारको शुभकामना दिइन्। ‘तिहारको उज्यालोले नेपाल–चीन मित्रता उचाइमा पुगोस्। सबै नेपाली साथीहरूलाई तिहारको शुभकामना,’ उनले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेकी छन्।

राजदूत बेरीले भने लगातार ट्विट गर्दै रंगोली बनाउने, भाइटीका लगाउने लगायत देउसी खेलेको तस्बिर राखे। ‘मलाई देउसीको शब्द राम्रोसँग उच्चारण गर्न त आउँदैन तर म देउसीको टिममा जोडिएर देउसी खेल्न रमाउँछु,’ बेरीले लखेका छन्, ‘अमेरिकी दूतावासको युथ काउन्सिल टिमले यो देउसी जुराएकोमा धन्यवाद छ। भन भन भाइ हो…. देउसी रे। शुभ म्ह पूजा।’

बेलायती राजदूत रिचर्ड मोरिसले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेका छन्। ‘तिहार प्रकाश र फूलहरूको पर्व हो। प्रज्वलित दीपले काठमाडौैं र नेपाललाई सुन्दर बनाउनेछ। सबैमा तिहारको शुभकामना,’ कार्यकाल सकेर फर्कने तयारीमा रहेका बेलायती राजदूतले लेखेका छन्।

नेपालमा रहेका राजदूतहरूले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रूपमा ढाल्ने प्रयास गरिरहेका छन्। उनीहरूले हरेक चाडपर्वबारे यसैगरी शुभकामना दिँदै आएका छन्। पहिला–पहिला निवासमा नै बोलाएर रमाइलो गर्ने राजदूतहरूले अहिले ट्विटमार्फत जानकारी दिन थालेका हुन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);